संस्थागत पुँजी वृद्धि गर्दै संस्थालाई वित्तीय हिसाबले सक्षम संस्थाका रुपमा विकसित गर्ने , आगामी असार मसान्त सम्म शेयर पूजी ११ करोड पुर्याउने लक्ष्य राख्ने ।
भैतिक पूर्वाधारको विकास र विस्तार एवं आधुनिक प्रविधि तथा उपकरणको प्रयोग गर्दै स्रोत–साधन सम्पन्न संस्थाका रुपमा विकसित गर्ने,
सदस्य तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी आधुनिक, प्रतिस्पर्धी र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने दक्ष जनशत्तिफ्को रुपमा विकास गर्ने,
बचत तथा ऋणमा विविधीकरण गर्दै सदस्यहरुलाई सर्वसुलभ एवं प्रभावकारी वित्तीय सेवा प्रदान गर्ने ।
लगानीका नया नया क्षेत्रहको पहिचान र खोजी गर्ने,
परम्परागत रुपमा चलिआएका व्यवसायहरुलाई समयानुकूल परिमार्जन गरी प्रतिस्पर्धी रुपमा अगाडि बढ्न सहयोग पुर्याउने,
स्थानीय स्रोत, साधान र सीपको अधिकतम प्रयोग र प्रवर्धनमा जोड दिने,
सामाजिक कुरीति, अन्धविश्वास, खराब लत र पफ्जूल खर्च कम गर्ने सहकारी शिक्ष र चेतनामूलक कार्यत्रफ्महरु सञ्चालन गर्ने,
सहकारी अभियानलाई अगाडि बढाउन स्थानीय तथा राष्ट्रिय स्तरमा ऐक्यबद्धता, अग्रता र सहभागिता जनाउने,
सदस्यहरुका लागि सामाजिक सुरक्षा सम्बन्धी कार्यत्रफ्महरु सञ्चालन गर्ने/गराउने,
सहकारीका सिद्धान्त, मूल्य–मान्यता र भावनालई आत्मसात् गर्दै सदस्यहरुमा एकता र सहयोगी भावनाको विकास गराउन पहल गर्ने ।